क्षुद्र ग्रहको चट्टान अध्ययनका लागि जापान पठाइयो « Khabarhub

क्षुद्र ग्रहको चट्टान अध्ययनका लागि जापान पठाइयो


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानवेरा- ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको दक्षिण अस्ट्रेलियाबाट अध्यनका लागि जापान पठाइएको छ ।

जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्यूगुबाट सङ्कलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो । सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो ।

हासावुसा–२ लाई सन् २०१४ मा अन्तरिक्षमा पठाइएको थियो भने यसले सन् २०१९ को फेब्रुअरी र जुलाईमा नमूनाहरू सङ्कलन गरेको थियो ।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरी अस्ट्रेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गराइएको जापानी वैज्ञानिकले बताएका छन् ।

जापानी अन्तरिक्ष एजेन्सीको पहलमा संकलन गरिएको उक्त १६ किलोको चट्टानलाई जापानले नै अध्ययन तथा भण्डारण गर्नेछ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : ४२ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य