प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल « Khabarhub

प्रियंकाले निकलाई गरिन् चुम्बन, त्यसपछि पुछिन् ओठमा लागेको लिपिस्टिक, भिडियो भाइरल


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस इभेन्ट र अन्य कार्यक्रममा सँगै देखिन्छन् । यी दुईले बिहे गरेको एक वर्षभन्दा धेरै भइसकेको छ ।

निक र प्रियंकाले कैयन् सार्वजनिक कार्यक्रममा चुम्बन साटासाट गर्ने गरेका छन् । सामाजिक सञ्जालमा यी दुईको प्रेम झल्किरहेको हुन्छ । यही कारणले सामाजिक सञ्जालमा दुवैको तस्वीर फ्यानमाझ भाइरल हुने गर्छ ।

अमेरिकाको लस एन्जल्समा निक र प्रियंका गोल्डेन ग्लोब अवार्डस् समारोहमा देखिए । समारोहमा पुग्दा प्रियंकाले गुलाबी रंगको ड्रेस पहिरिएकी थिइन् ।

यतिबेला एक भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा प्रियंका र निकले चुम्बन गर्छन् । त्यसपछि निकको ओठमा लागेको लिपिस्टिक प्रियंकाले पुछिदिन्छिन् ।

यसबाट झल्किन्छ कि, प्रियंका र निक एकअर्कालाई कति माया गर्छन् ।

यसअघि पनि प्रियंका र निक रोमान्टिक मुडमा देखिएका थिए । नयाँ वर्ष मनाउन एक कार्यक्रममा पुगेका निक र प्रियंका स्टेज चढेर किस गर्दै नयाँ वर्ष मनाएका थिए ।

प्रियंका र निकले सन् २०१८ को डिसेम्बरमा बिहे गरेका थिए । बिहेको एक वर्ष पुगेको अवसरमा यी दुईलाई सेलिब्रेटीले बधाई दिएका थिए । यी दुईले बिहेपछिको जीवन खुशीका साथ रमाइरहेका छन् ।

प्रिय‌ंका बलिउडकी चर्चित अभिनेत्री हुन् भने निक अमेरिकन गायक र अभिनेता हुन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ११ : २० बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष