अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली « Khabarhub

अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्छ : प्रधानमन्‍त्री ओली


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका छन्। शनिबार एपीवान टेलिभिजनमा विशेष कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीले पार्टी र सरकारमा नेतृत्वको विवाद भइराखेका बेला यो अभिव्यक्ति दिएका हुन्।

उनले पूर्वप्रधानमन्त्री भइसकेका र पार्टी अध्यक्ष बनिसकेका नेताले फेरि नेतृत्वका लागि लाडाईं गरेको भन्दै यस्तो बताएका हुन्।

ओलीले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासका नेतालाई ७० वर्ष आसपासका नेताले नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए।

‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ?’

प्रधानमन्त्री ओलीले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनुपर्ने बताएका छन्। उनले अहिले नेतृत्वका लागि लाडाईं आवश्यक नै नभएकोमा जोड दिए।

‘हामी किन आफैंलाई मात्रै, मैलाई मात्रै चाहियो ? मेरै मान पुगेन, मेरै भाउ पुगेन, मेरै भाग पुगेन भनेर किन लडाईं गर्छौँ ? एउटा सहमति गरौँ। नयाँ पुस्तालाई जिम्मा लगाऔँ’, ओलीले भने, ‘हामी ७० आसपासका छौँ। महाधिवेशन सम्ममा सबै ७० पुग्छौँ। हामीले नै सधै ओगटिरहनु पर्ने किन ?’

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १० : २४ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको