लोकसेवा आयोगको वेबसाइट ह्याक गरेको आरोपमा ३ पक्राउ « Khabarhub

लोकसेवा आयोगको वेबसाइट ह्याक गरेको आरोपमा ३ पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक सेवा आयोगको वेबसाइट ह्याक गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गरेको आरोपमा ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोर रेहेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।

ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ‘ह्याकर्स हन्ट’ नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए ।

लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : १५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको