लोकसेवा आयोगको वेबसाइट ह्याक गरेको आरोपमा ३ पक्राउ « Khabarhub

लोकसेवा आयोगको वेबसाइट ह्याक गरेको आरोपमा ३ पक्राउ


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक सेवा आयोगको वेबसाइट ह्याक गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गरेको आरोपमा ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोर रेहेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।

ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ‘ह्याकर्स हन्ट’ नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए ।

लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : १५ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी