कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च ४ प्रतिशत « Khabarhub

कर्णाली प्रदेशको पहिलो चौमासिक बजेट खर्च ४ प्रतिशत


२२ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अघिल्ला वर्षहरु झैँ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेशको बजेट खर्च निराशाजनक देखिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक अवधिमा रु एक अर्ब १२ करोड ९९ लाख ८४ हजार १२९ खर्च गरेका छन् ।

तीमध्ये चालुतर्फ साढे छ प्रतिशत अर्थात् रु ६७ करोड ५१ लाख ८९ हजार ३०७ र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात् रु ४५ करोड ४७ लाख ९४ हजार ८२२ रहेको छ । यद्यपि, गत वर्षको यस अवधिको तुलनामा यस वर्षको बजेट खर्च केही सुधारोन्मुख छ । गत वर्ष यही अवधिमा एक प्रतिशतमात्र बजेट खर्च भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेशसभा सचिवालय र मुख्य न्यायाधिवक्ताको कार्यालयको पूँजीगत खर्च शून्य छ । विनियोजित बजेटका आधारमा प्रदेशसभाले सबैभन्दा बढी रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सचिवालयले प्रदेशसभा सदस्यहरुका लागि भत्ता र विभिन्न शीर्षकका सेवासुविधामा सो रकम खर्च गरेको हो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३३ बजे

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला– जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ

म्यान्मा : चुनाव ‘अवरोध’ आरोपमा सयौँमाथि मुद्दा चलाउने तयारी

एजेन्सी– म्यान्माको सैन्य जुन्ताले बुधबार सेनाद्वारा सञ्चालित आगामी चुनावलाई ‘अवरोध’

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१