जेएनयुमा दीपिका पुग्दा भड्किए दर्शक, भने – ‘छपाक’ नहेरौँ « Khabarhub

जेएनयुमा दीपिका पुग्दा भड्किए दर्शक, भने – ‘छपाक’ नहेरौँ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्लीको जवाहरलाल युनिभर्सिटीमा भएको हिंसापछि बलिउड सेलिब्रेटीले निन्दा गरेका छन् । सेलिब्रेटीले भारतीयलाई सडकमा उत्रेर आन्दोलन गर्न अनुरोध समेत गरेका छन् ।

यसैबीच नायिका दीपिका पादुकोण घाइते विद्यार्थीलाई भेट्न जेएनयु पुगेकी छिन् । उनी जेएनयु पुगेपछि कतिपय दर्शकले उनको फिल्म रिजेक्ट गर्ने बताएका छन् ।

दर्शकले ‘छपाक’ लाई बाइकट गर्न भन्दै ट्वीटरमा ट्रेन्डिङ चलाएका छन् ।

भारतीय मिडियाका अनुसार दीपिका मंगलवार साँझ जेएनयु पुगेकी थिइन् । उनी त्यहाँ १० मिनेट जति बसिन् । यही विषयलाई लिएर दीपिकाको विरोध गरिएको छ ।

दर्शकले काटिसकेको टिकट पनि फिर्ता गरेको प्रतिक्रिया दिएका छन् ।

दीपिकाले विद्यार्थी युनियनकी अध्यक्ष आइशी घोषसँग पनि भेट गरेकी थिइन् । साथै दीपिकाले घाइते विद्यार्थीको समर्थन पनि जनाएकी थिइन् । यही विषयलाई लिएर फ्यान भड्किएका हुन् ।

आरोप लगाउनेहरुले एउटा ग्याङको समर्थन गरेको भन्दै दीपिकाको फिल्म नहेर्न अनुरोध गरेका हुन् ।

केही दिनअघि भारतको जेएनयु कलेजमा केही नकाबधारीहरुले शिक्षक र विद्यार्थीमाथि आक्रमण गरेका थिए । त्यसपछि यसको विरोधमा भारतमा आन्दोलन भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १० : ५७ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने