बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह « Khabarhub

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि बेलायती राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वित्तीय सेवा, ठूला पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै बेलायका लगानीकर्तालाई नेपालमा लगानीका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि गरिरहेको सहयोगप्रति आभार प्रकट गर्दै उनले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताए ।

भेटमा राजदूत पोलिटले बेलायत र नेपालको ऐतिहासिक सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहेको बताएको परिसंघले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ८ : ३७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले