आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपाल र अमेरिका भिड्दै


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेपालले आज (शनिबार) अमेरिकासँग खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ । नेपाल र अमेरिका त्रिकोणात्मक सिरिजमा पहिलो जितको खोजीमा मैदान उत्रने छन् ।

नेपाल र अमेरिका पहिलो खेलमा ओमानसँग पराजित भएका थिए । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो भने अमेरिकालाई ओमानले ६ विकेटले पराजित गरेको थियो ।

अमेरिका लिगको शीर्ष स्थानमा छ । उसले ९ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ नेट रन रेटमा ओमानलाई पछि पारेको छ ।

नेपाल भने एक खेल खेल्दा अंक विहीन रहदै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले अमेरिकाविरुद्ध नेपाल पहिलो अंकको खोजीमा मैदान उत्रने छ ।

भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर घाइते भएपछि वैकल्पिक खेलाडी सुवासलाई टिममा बोलाइएको छ । सुवास ओपनिङ ब्याटिङ गर्न रुचाउने विकेटकिपर हुन् ।

नेपालको सधैको समस्या ओपनिङ ब्याटिङ हो । ओमानसँगको खेलमा नेपालले ज्ञानेन्द्र मल्ल र पारस खड्काको जोडी प्रशिक्षण गरेपनि दुवै खेलाडी असफल भएका थिए । त्यसैले अब ज्ञानेन्द्रलाई साथ दिन सुवास ओपानिङमा आउने बलियो सम्भावना रहेको छ ।

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाललाई घरेलु मैदान र समर्थकको राम्रो साथ मिल्नेछ । नेपालले अमेरिकासँग घरेलु मैदान र समर्थको फाइदा उठाउन चाहान्छ ।

यता अमेरिकालाई भने ठुलो समर्थकमाझ खेल्ने बानी छैन । उसले खेलेको घरेलु मैदानको खेलमा समेत बिरलै समर्थक देखिने गर्छ । अन्तिम पटक (सन् २०१०) नेपाल भ्रमण आउँदाको अमेरिकी टिममा धेरै खेलाडी नयाँ छन् ।

अमेरिकाका रष्टि थोरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले ठुलो क्राउडमा खेलेका छैनन् ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २२ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको