रामभक्त हनुमानको जन्मोत्सव मनाइँदै | Khabarhub Khabarhub

रामभक्त हनुमानको जन्मोत्सव मनाइँदै


२६ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मोत्सव पर्व आज रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी मनाइँदै छ । त्रेता युगमा पवन र अञ्जनीका पुत्रका रुपमा हनुमानको जन्म भएको थियो ।

रामायणमा वर्णन गरिएअनुसार रावणको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न श्रीरामभक्तका रुपमा हनुमानले योगदान दिनुभएको थियो । रावणले सीता हरण गरेर लगेपछि रामले दशवटै दिशामा खोज्न दूत खटाउनुभयो । त्यसबेला समुद्रबाट जानुपर्ने दक्षिणतिर खोज्ने जिम्मेवारी हुनमानको थियो ।

सूर्यका श्रापले उड्न सक्ने शक्ति बिर्सिएका हनुमानलाई रामायणकालीन पात्र जाम्ववानले त्यो शक्तिको स्मरण गराउनुभएको थियो । सीता खोज्दै लङ्का पुगेका हनुमानले अशोकवाटिकामा भेटी रामको दूतका रुपमा औँठी दिएका थिए ।

सीतालाई अशोकवाटिकामा भेटिसकेपछि हनुमान फलाहार गर्न रावणको बगैँचामा पसेका थिए । फल खाइरहेका बेला रावणका सेनाले पक्रिएर दरबारमा पु¥याए । रावणको आदेशमा बजारबाट कपडा ल्याई हनुमानको पुच्छरमा बाँधेर तेल राखी आगो लगाइदिए । हनुमानले लङ्काका विभिन्न स्थानमा आगो सल्काइदिँदै समुद्रमा गई पुच्छरको आगो निभाएकाे कथा रहेकाे ५ ।

लङ्का जल्न थालेपछि रावणका सेनामा हाहाकार मच्चिएको थियो ।

लङ्काबाट फर्किएर श्रीरामलाई सीताको खबर सुनाउनुभएका हनुमानले रामायणको युद्धअघि दूतका रुपमा रावणलाई शान्तिको सन्देश दिएका थिए ।

रावण सम्मानपूर्वक सीता फर्काउन तयार नभएपछिको युद्धमा पनि हनुमानले श्रीरामलाई साथ दिएका थिए । युद्धमा लक्ष्मण मुच्र्छा हुँदा सञ्जीवनी बुटीका लागि पर्वत नै उचालेर लङ्कामा ल्याएको रामायणमा उल्लेख छ ।

बलशाली व्यक्तित्व हनुमानको पूजा आराधना गर्नाले चिताएको पुग्ने, डर, त्रासबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने त्रासमा घर घरमै बन्दाबन्दी (लकडाउन) मा बसेका मानिसका लागि हनुमानको पूजा, आराधना एवं पाठ पारायणले मानसिकरुपमा शान्ति र आशाको सञ्चार गर्ने उनले बताए ।

विगत वर्षमा हनुमान जन्मोत्सवका अवसरमा मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्र, बजरङ्ग सत्सङ्ग मण्डल, हनुमान सेवा आराधना मण्डललगायत संस्थाले विशेष पूजा आराधनासहित रथयात्रासमेत निकाल्थे । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण नियमित पूजा मात्र गरिने बजरङ्ग सत्सङ्ग मण्डलका उपाध्यक्ष कृष्णकुमार अग्रवालले जानकारी दिए ।

यस अवसरमा हनुमानढोकास्थित हनुमान मन्दिरमा विशेष पूजा आराधना गरी विभिन्न अस्पतालमा उपचाररत एक हजार जना बिरामी एवं तिनका आफन्तलाई प्रसादसहित भोजन गराउने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।

हनुमानढोका दरबारअघि मन्दिरमा हनुमान चालिसाको पाठ पारायण पनि गरिनेछ ।

हनुमान अष्टचिरञ्जीवीमध्ये एक भएको शास्त्रीय ग्रन्थमा व्याख्या गरिएकाले पञ्चाङ्ग (पात्रो) मा लेखिँदै आएको हनुमान जयन्तीका स्थानमा हनुमान जन्मोत्सव लेख्न मण्डलले अनुरोध गर्ने जनाएको छ ।

मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुरामलाई अष्टचिरञ्जीवीका रुपमा पूजा आराधना गरिन्छ । आठैजना अहिलेसम्म जीवित रहेको विश्वास गरी जन्मोत्सवका दिनमा अष्टचिरञ्जीवीको विशेष पूजा हुन्छ ।

यस अवसरमा कुलेश्वरको हनुमान मन्दिर, गोकर्णेश्वर उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हुनमान मन्दिरमा विशेष पूजा आराधना गरिने छ । हनुमानका भक्तहरुले घर घरमा पनि पूजा आराधना गरी हनुमान चालिसा, रामायणलगायत ग्रन्थ पाठसमेत गर्छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार  ८ : ४८ बजे

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०