मेक्सिकोका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने « Khabarhub

मेक्सिकोका राष्ट्रपतिले अमेरिका भ्रमण गर्ने


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लागेका छन् । सन् २०१८ मा निर्वाचित भएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।

राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरेका थिए । उनी वासिङ्टन भ्रमणमा आउँदा व्यावसायिक उडानको “इकोनोमी क्लास” प्रयोग गर्ने जानकारी दिइएको छ ।

कोरोनाभाइरसका कारण हाल संयुक्तराज्य अमेरिका र मेक्सिको दुवै ठूलो संकटमा छन् । खासगरी, दुई देशबीचको सीमाबाट आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्नेक्रम नरोकिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको आलोचना गरिरहेका छन् ।

साथै वर्तमान अमेरिकी प्रशासनले अवैध आप्रवासीलाई रोक्न विवादास्पद पर्खाल निर्माण योजना बनाइरहेको छ, तर यसमा अमेरिकी समाज र राजनीतिक वृत्तमा सहमति जुटिसकेको छैन । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीलाई अपराधीको संज्ञा दिने गरेका छन् ।

यसपटक मेक्सिकाली राष्ट्रपतिको अमेरिका भ्रमण मुख्य रुपमा अमेरिका–मेक्सिको–क्यानाडा सम्झौताको शुभारम्भका लागि हुन लागेको हो । यो सम्झौताले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अग्रसरतामा भएको उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्नेछ ।

राष्ट्रपति ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी गुमेको भन्दै नयाँ युएसएमसीए गरेका हुन् ।

भिन्न राजनीतिक विचारधारा भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधलाई मेक्सिकाली राष्ट्रपतिले सम्मान गरेका छन् । मध्य अमेरिकी मुलुकहरुबाट अमेरिका प्रवेश गर्न चाहनेहरुलाई मेक्सिकोले बीचमै रोक्नुका साथै मेक्सिकोमा अलपत्र परेका नागरिकलाई रोजगारी उपलब्ध गराउने योजना अघि सारेका छन् ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोका राष्ट्रपतिसँग “शान्त” बैठक हुन लागेको बताएका छन् । ट्रम्पले भने, “उहाँ निकै असल व्यक्ति हुनुहुन्छ । उहाँ मेरा मित्र हुनुहुन्छ । मेक्सिकोसँग हाम्रो निकै राम्रो, मित्रवत सम्बन्ध छ ।”

मेक्सिकोतर्फ प्रस्थान गर्नुअघि मंगलबार राष्ट्रपति ओब्राडोरले भने “म अमेरिकासँग निकट सम्बन्ध यथावत राख्न चाहन्छु । यही नै हाम्रा लागि ठीक कुरा हो ।”

करिब ३० हजारको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीका कारण मेक्सिकोको अर्थतन्त्र यस वर्ष झण्डै ८.८ प्रतिशतले खुम्चने अनुमान गरिएको छ । मेक्सिकाली अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन राष्ट्रपति ओब्राडोरले विशेष ध्यान दिने जनाइएको छ ।

त्रिपक्षीय यस सम्झौताको अर्को मुख्य मुलुक क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले भने वासिङ्टन भ्रमण रद्द गरेका छन् ।

अमेरिकाका कतिपय हिस्पानिक समुदायका सांसदले भने मेक्सिकोका राष्ट्रपतिको अमेरिका भ्रमण उपयुक्त नभएको जनाएका छन् ।

मेक्सिकोमा जन्मिएकी सिकागो डेमोक्र्याट पार्टीकी प्रतिनिधि चुयी गार्सियाले चार वर्षसम्म राष्ट्रपति ट्रम्पले ल्याटिनो समुदायलाई गालीगलौज गरेको र अहिले आएर मेक्सिकोका राष्ट्रपतिसँग फोटो खिचाएर आफूहरुलाई देखाउन खोजेको टिप्पणी गरेका छन् ।

उनले भने, ट्रम्पका नीतिहरुले आप्रवासी बालबालिकालाई ठूलो चोट पुगेको छ, निर्दोष मानिसलाई अनिश्चितकालसम्म थुनामा राखिएको छ र पूरै ल्याटिनो समुदायलाई आतंकित बनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  २ : २७ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,