आज थपिए ३७८ कोरोना संक्रमित, ४९९ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए ३७८ कोरोना संक्रमित, ४९९ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो


२४ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ३७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ थियो ।

हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २०६ रहेको छ भने क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा महोत्तरीका २ र सुनसरीका १० जना, कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा मोरङका २२ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २६ जना, पशुपन्छि रोग अन्वेशण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १६ जना, महोत्तरीका १४ जना, सर्लाहीका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ५३ जनामाकोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, चितवनका २ जना, पर्साका एकजना र सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा  बाराका ४ जना, मकवानपुरका ६ जना, रौतहटका ३ जना, सर्लाहीका ३ जना, सिन्धुलीका एजकना, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका ७ जना, रामेछापका ४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, धादिङका एकजना, धनुषाका २ जना ,काठमाडौंमा ५ जना, सिन्धुलीका एकजना र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २ जना, दोलखाका २ जना, काठमाडौंका एकजना, महोत्तरीका एकजना, नुवाकोटका एकजना, रामेछापका एकजना, रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा धादिङका एकजना, काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २९ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिध ल्याब काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, कंचनपुरका एकजना, काठमाडौंका २ जना, मोरङका एकजना र पर्सा, बाग्लुङका १३ का एकजनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ३ जना, म्याग्दीका एकजना र स्याङ्जाका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ४९ जना, रुकुप पश्चिमका एकजना र बर्दियाका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चौरजहारी नगरपालिकामा गरिएको परीक्षणमा जााजगरकोटका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका ३ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ४ जना र कंचनपुरका ३ जनामा कोरोना संक्रणण पुष्टि भएको छ ।

२४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ३१३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार ८१४ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ४ : ५६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द