ओली-प्रचण्ड वार्ता : एकताका बाँकी काम चाँडै टु‌ग्याउने समझदारी « Khabarhub

ओली-प्रचण्ड वार्ता : एकताका बाँकी काम चाँडै टु‌ग्याउने समझदारी


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताको बाँकी काम चाँडै टुंग्याउने समझदारी भएको छ ।

आज बालुवाटारमा झण्डै ३ घण्टा भएको छलफलमा पार्टी एकताको काम टुङ्ग्याउने बिषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।

३ महिनामा टुङ्ग्याउने भनिएको पार्टी एकता ३ बर्ष पुग्‍न लाग्दा समेत टुंगिन सकेको छैन । त्यस बिषयमा आज भएको भेटवार्तामा विशेष छलफल भएको सापकोटाले बताए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्ति लगायतको विषयमा पनि छलफल भएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि भदौ २६ गतेको पार्टी सचिवालयको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन तयारी गरिएको छ। तर त्यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमति जुट्न सकेको छैन।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ४ : १३ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।