प्रधानमन्त्रीज्यू मन्त्रीमण्डल भागबन्डाबारे होइन, कोरोना संकटबारे सोच्नुस् : नेता थापा « Khabarhub

प्रधानमन्त्रीज्यू मन्त्रीमण्डल भागबन्डाबारे होइन, कोरोना संकटबारे सोच्नुस् : नेता थापा


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण नेपालमा कोरोना महामारी थप जटिल अवस्थामा पुगेको आरोप लगाएका छन् ।

कोरोनाका नयाँ संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको आरोप लगाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा थापाले लेखेका छन्-

एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ।केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।

यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ।

योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन।अहिले मन्त्रीमण्डल भागबन्डाबारे हाेइन,संकटबारे छलफल गर्नुस्।बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन,वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्।काेभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छाैं तर केही त गर्नुस् प्रमज्यू!

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ७ : २० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि