सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न विभागको अनुरोध « Khabarhub

सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारण सभा गर्न विभागको अनुरोध


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरुलाई आग्रह गरेको छ ।

काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

सहकारीहरुले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्‍याएर मात्र साधारण सभा गर्नुपर्नेछ ।

यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरुमा पर्याप्त छलफल गराउनु पर्छ ।

यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानून, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच निर्वाचन गराउनुपर्छ ।’

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं ।

विभागका उपनिर्देशक सुमन अधिकारीले भने – हामीले साधारण सभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १ : ३० बजे

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ