नवीकरणविनाका बन्दुक घरघरमा « Khabarhub

नवीकरणविनाका बन्दुक घरघरमा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त ६४ वटा हातहतियार दर्ता छन् ।

कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।

कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७/७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन ।

कुल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकांश हातहतियार नवीकरण गरिएको छैन ।

तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय–समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।

चौँसठ्ठी हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान छन् ।

यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान छ ।

यस्तै स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान पनि नवीकरण भएकै छैन ।

एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान राख्न अनुमति दिइएको भए पनि नवीकरण नभएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४५ बजे

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान