नवीकरणविनाका बन्दुक घरघरमा | Khabarhub Khabarhub

नवीकरणविनाका बन्दुक घरघरमा


२३ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा अनुमतिप्राप्त ६४ वटा हातहतियार दर्ता छन् ।

कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म दर्ता गरिएका हातहतियारको सङ्ख्या ६४ देखिएको हो । तीमध्ये सबैभन्दा बढी २२ बोरको राइफल १८ थान छन् ।

कार्यालयका अनुसार अधिकांश हातहतियार आर्थिक वर्ष २०७७/७८ सम्म पूर्णरूपमा नवीकरण गरिएको पाइएको छैन ।

कुल ६४ हातहतियारमध्ये १२ हातहतियारको आर्थिक २०७७/७८ सम्मको नवीकरण गरिएको छ भने अधिकांश हातहतियार नवीकरण गरिएको छैन ।

तथ्याङ्कअनुसार अधिकांश हातहतियार वर्षौँदेखि नवीकरण भएको देखिँदैन । समय–समयमा हातहतियार नवीकरण गर्न हातहतियार दर्तावालाले आवश्यक प्रक्रिया पूरा गर्न नआउँदा लामो समयदेखि हातहतियार नवीकरण नगर्नेको सङ्ख्या धैरै देखिएको हो ।

चौँसठ्ठी हातहतियारमध्ये १२ बोर दुईनाले बन्दुक सात थान, १२ बोर दुईनाले टोटावाल बन्दुक एक थान, २२ बोरको बन्दुक पाँच थान, एकनाले १२ बोरको टोटावाला बन्दुक एक थान, भरुवा एकनाले बन्दुक एक थान, हावादारी बन्दुक पाँच थान, १२ बोरको एकनाले स्वचालित एक थान, १२ बोरको दुईनाले बन्दुक एक थान छन् ।

यसैगरी तथ्याङ्कअनुसार भरुवा एकनाले एक थान, २२ बोर टुटु राइफल एक थान, १२ बारेको एकनाले बन्दुक दुई थान छ ।

यस्तै स्पिङ्ग फिल्डको राइफल एक थान, इण्डियन १२ बोरको दुईनाले छर्रावाला बन्दुक एक थान, १२ बोरको दुईनाले बन्दुक चार थान, १२ बोरको बन्दुक एक थान, भरुवा बन्दुक पाँच थान, १६ बोरको दुईनाले बन्दुक एक थान पनि नवीकरण भएकै छैन ।

एकनाले बन्दुक एक थान, २२ बोरको एकनाले बन्दुक तीन थान, २२ बोरको टुटु एकनाले बन्दुक दुई थान र टुटु एक थान राख्न अनुमति दिइएको भए पनि नवीकरण नभएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ९ : ४५ बजे

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको

मानव-हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जनाको मृत्यु

बनियानी– झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

क्लब विश्वकप : समूह विजेता बन्दै इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं – तनावग्रस्त खेलमा रिभर प्लेटलाई २-० ले हराउँदै इन्टर

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

रामपुर– रामपुर बचत तथा ऋण सहकारी संस्थाले रामपुर नगरपालिका–३ रजघरास्थित