दीपिकाको ‘छपाक’ माथि फेरि अर्को उजुरी « Khabarhub

दीपिकाको ‘छपाक’ माथि फेरि अर्को उजुरी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  बलिउड अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनैलाग्दा एक उजुरी परेको छ । यसअघि एक मेकरले कथा चोरी भएको भन्दै उजुरी दिएका थिए ।

यतिबेला भने एक वकिलले फिल्ममा क्रेडिट नदिएको भन्दै उजुरी दिएका छन् । वकिल अर्पणा भट्ट एसिड आक्रमणमा परेकी लक्ष्मीकी वकिल भएर काम गरेको बताउँदै आएकी छिन् ।

उनले फिल्ममा क्रेडिट नपाएको भन्दै उजुरी दिएकी हुन् । यो फिल्म यही शुक्रवारदेखि हलमा रिलिज हुँदैछ । यसअघि पनि अर्पणाले फेसबूकमा लेखेर आफ्नो नाम नदिएको गुनासो गरेकी थिइन् ।

उनले निर्माताविरुद्ध कानूनी कारवाही गर्ने पनि जनाएकी थिइन् ।

आफ्नो याचिकामा भट्टको दाबी छ कि, उनी कैयन् वर्षसम्म लक्ष्मीकी वकिल रहेकी थिइन् । तर फिल्ममा क्रेडिट दिइएन । उनले फिल्म प्रदर्शनमा रोक लगाउने माग गरेकी छिन् ।

यो फिल्म रिलिजअघि निकै विवादमा तानिएको छ । केही दिनअघि मात्र जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले यो फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डिङ चलाएका थिए ।

यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : ४२ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने