दीपिकाको ‘छपाक’ माथि फेरि अर्को उजुरी « Khabarhub

दीपिकाको ‘छपाक’ माथि फेरि अर्को उजुरी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  बलिउड अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’ रिलिज हुनैलाग्दा एक उजुरी परेको छ । यसअघि एक मेकरले कथा चोरी भएको भन्दै उजुरी दिएका थिए ।

यतिबेला भने एक वकिलले फिल्ममा क्रेडिट नदिएको भन्दै उजुरी दिएका छन् । वकिल अर्पणा भट्ट एसिड आक्रमणमा परेकी लक्ष्मीकी वकिल भएर काम गरेको बताउँदै आएकी छिन् ।

उनले फिल्ममा क्रेडिट नपाएको भन्दै उजुरी दिएकी हुन् । यो फिल्म यही शुक्रवारदेखि हलमा रिलिज हुँदैछ । यसअघि पनि अर्पणाले फेसबूकमा लेखेर आफ्नो नाम नदिएको गुनासो गरेकी थिइन् ।

उनले निर्माताविरुद्ध कानूनी कारवाही गर्ने पनि जनाएकी थिइन् ।

आफ्नो याचिकामा भट्टको दाबी छ कि, उनी कैयन् वर्षसम्म लक्ष्मीकी वकिल रहेकी थिइन् । तर फिल्ममा क्रेडिट दिइएन । उनले फिल्म प्रदर्शनमा रोक लगाउने माग गरेकी छिन् ।

यो फिल्म रिलिजअघि निकै विवादमा तानिएको छ । केही दिनअघि मात्र जेएनयुमा विद्यार्थी भेट्न गएको भन्दै दर्शकले यो फिल्म रिजेक्ट गर्न ट्वीटरमा ट्रेन्डिङ चलाएका थिए ।

यो फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ११ : ४२ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष