समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने यातायात मन्त्रीको चेतावनी « Khabarhub

समयसीमाभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने यातायात मन्त्रीको चेतावनी


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् ।

उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ । ”

पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिए ।

“ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ । ”

उनी पुष्पलाल (मध्यपहाडी) लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा फिदिम आएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ०० बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि