एम्बुलेन्स खरिद अनियमितता प्रकरण– सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

एम्बुलेन्स खरिद अनियमितता प्रकरण– सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीको निर्देशन


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद प्रकरणमा भएको भनिएको ‘अनियमितता’बारे सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले बिहीबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई आफ्नो निवासमा बोलाएर एम्बुलेन्स खरिद प्रक्रियाबारे सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले ६ करोड २७ लाख ३८ हजार ५ सय रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरी विभिन्न जिल्लाका स्वास्थ्य संस्थालाई वितरण गरेको थियो ।

गत कात्तिक २० गते वितरण गरिएका त्यस्ता एम्बुलेन्सहरु सञ्चालनमा ल्याएको २ महिना पनि नबित्दै काम नै नलाग्ने अवस्थामा पुगेका छन् ।

एम्बुलेन्स वितरण गरिएका स्वास्थ्य संस्थाका एम्बुलेन्स चालकहरुले सुदूरपश्चिम प्रदेश सरकारबाट वितरण गरिएका एम्बुलेन्समा ब्रेक नै नलाग्ने तथा पहाडी क्षेत्रमा चलाउनै गाह्रो हुने गरेको बताएका छन् ।

नेपालमा चलाउन नै नपाइने ट्रकहरुको बडी परिवर्तन गरेर एम्बुलेन्स बनाएर वितरण गरिएको भन्दै सुदूरपश्चिम प्रदेशका विभिन्न राजनीतिक दलले एम्बुलेन्स खरिद प्रकरणमा अनियमितता भएको आरोप लगाइरहेका छन् ।

सोही विषयमा मुख्यमन्त्री भट्टले मन्त्री सुवेदीसँग सोधपुछ गर्नुका साथै एम्बुलेन्स खरिद प्रकरणको सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री भट्टको निर्देशन पछि सामाजिक विकास मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी एम्बुलेन्स खरिद प्रक्रियाबारे जानकारी दिने जनाएको छ । यद्यपि पत्रकार सम्मेलन हुने समय भने तय भइसकेको छैन ।


६ करोड बढी खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक : दुर्घटना हुने डरले चलाउनै छाडियो

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ३१ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि