उदित नारायण झाका छोरासँग बिहे गर्लिन् नेहा कक्कडले ? « Khabarhub

उदित नारायण झाका छोरासँग बिहे गर्लिन् नेहा कक्कडले ?


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउडमा जमेकी गायिका नेहा कक्कड आजभोलि ‘इन्डियन आइडल’ का कारण चर्चामा छिन् । यो शोका कारण उनको थप चर्चा चुलिएको छ ।

उनले नेपालमा कन्सर्ट गरेर पनि दर्शक झुमाइसकेकी छिन् ।  इन्डियन आइडलमा सहभागीता जनाउने प्रतियोगीको कहानी सुनेर नेहा कहिलेकाहीँ भावुक बन्ने गर्छिन् । यो शो भारतमा निकै हिट छ ।

‘इन्डियन आइडल’ को शोको सेटमा नेहाले बिहेको तयारी गरेको भारतीय मिडियाले लेखेका छन् । उक्त शो अझै प्रसारण भएको छैन । सेटमा नेहाले बिहे गर्ने युवकको परिवार पनि देखाइएको छ । जुन परिवारले नेहालाई बुहारी मानेको सेटमा देखाइनेछ ।

नेहाको बिहेको खबर तब चल्न थाल्यो, जब होस्ट आदित्य नारायणका बुबा आफ्नी पत्नीका साथ सेटमा पुगे । भारतीय मिडियाका अनुसार आउँदो एक एपिसोडमा उदित नारायण झा र उनकी पत्नी इन्डियन आइडलको सेटमा पुग्नेछन् । यो शोमा नेहालाई आदित्यले आफ्ना छोरासँग नाम जोड्नेछन् । र, जिस्काउनेछन् ।

बलिउडमा यतिबेला खबर फैलिएको छ, नेहाको र आदित्यको बिहे होस् भन्ने उदितनारायणले चाहेका छन् । तर नेहाले भने यसबारेमा कहिल्यै केही बोलेकी छैनिन् ।

यति मात्र होइन कि, उदितकी पत्नी दीपा नारायणले पनि नेहालाई बुहारी बनाउन चाहेको चर्चा चल्न थालेको छ ।

त्यसो त यो गसिपलाई कतिपयले ‘इन्डियन आइडल’ को एक हिस्साका रुपमा मत्र लिएका छन् । किनकि, होस्ट बनेका आदित्य नेहासँग जिस्किरहेको प्राय: देख्न सकिन्छ । यद्यपि नेहाले आदित्य नारायणसँग जोडी बाँध्नेछिन् कि छैनिन् त्यो भने हेर्न बाँकी छ ।

यसअघि नेहाको प्रेम कलाकार हिमांश कोहलीसँग थियो । ब्रेकअपपछि नेहा चोटमा परेकी थिइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ५९ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने