सरुवा रोग तथा महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी « Khabarhub

सरुवा रोग तथा महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी


२७ जेष्ठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् ।

नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।

कोरोना भाइरसले आक्रमण गरेपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उनको दाबी छ ।

डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा आठ–दस खालका औषधि प्रयोगमा आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उनले बताएका छन् ।

होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्तिमा फरक फरक लक्षण हुने हुँदा यो पद्धतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्बम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकृति अनुसार पाँच/छ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियारले बताएका छन् ।

चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले बिरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव भएको बताएका छन् । ’

अहिले सर्वत्र वितरण भइरहेको औषधि रोग प्रतिरोधी क्षमता बढाउने औषधि भएको बताउँदै उनले आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको बताएका छन् । (गोरखापत्रबाट)

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : २७ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्