भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका विकास दुबे पक्राउ « Khabarhub

भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका विकास दुबे पक्राउ


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा सर्वाधिक खोजीको सूचीमा रहेका ग्याङस्टर विकास दुबे पक्राउ परेका छन् । गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रवार उत्तर प्रदेशको कानपुरमा दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई पक्राउ गर्न जाँदा ८ प्रहरी मारिएका थिए ।

उक्त हमलापछि दुबे भारतीय प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका थिए । एक सातादेखि फरार रहेका उनलाई मध्यप्रदेशको एक मन्दिरबाट प्रक्राउ गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय सञ्चार माध्यमले उनी नेपाल छिरेको हुनसक्ने आँकलन गरेका थिए । प्रहरीले बुधवार दुबेका केही सहयोगीलाई पक्राउ गरेको थियो भने केही मारिएका थिए ।

दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा सङ्लग्न भएको आरोप छ । उनीमाथि ६० वटाभन्दा बढी अभियोग छन् ।

यसअघि दुबे पक्राउ परे पनि राजनीतिक शक्तिका आडमा छुट्ने गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ४६ बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा