हेलिकप्टरमार्फत सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ । हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।

सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्समार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिए ।

मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताए। यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ३ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना