जनता रोग र भोकले मर्न नपरोस् भनेर सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली « Khabarhub

जनता रोग र भोकले मर्न नपरोस् भनेर सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले र‍ोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको बताएका छन्।

एनआरएनको विश्व ज्ञान सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकार दुईवटै पक्षबाट जनताको जीवनरक्षाका निम्ति प्रयासरत रहेको बताए।

‘रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु’, प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकारको अहिलेको प्रमुख काम कोभिड नियन्त्रण गर्नु भएको बताए ।

‘अझै प्रभावकारी ढंगले प्रयासहरुलाई अघि बढाएर हामी केही समयभित्रै यसलाई न्यूनीकरण गर्ने र पूर्ण रुपमा नियन्त्रण गर्ने प्रयासमा आफूलाई केन्द्रित गरेका छौँ’, उनले भने।

बाँच्‍नका लागि देश छाड्नु नपरोस्

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड दिए।

ओलीले जीविकाकै लागि बाहिर जाने बाध्यता अब नेपालीलाई नपर्ने बताए।

‘अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुनपरोस्’, उनले भने, ‘बाँच्‍नका लागि देश छाड्नुपर्ने, परिवार छाड्नु पर्ने, बस्ती छाड्नुपर्ने, ठाउँ छाड्नुपर्ने अवस्था नहोस्।’

सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, विदेशस्थित नेपाली राजदूत र विभिन्‍न विश्वविद्यालयका उपकुलपतिलगायत बौद्धिक वर्गको सहभागिता छ।

संघका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेकाले उचित वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । दुई वर्षअघि नेपालमा पहिलो ज्ञान सम्मेलन भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : २५ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै