काठमाडौँ महानगरपालिकाबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा प्रारम्भ « Khabarhub

काठमाडौँ महानगरपालिकाबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा प्रारम्भ


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।

लकडाउनका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम.मार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई बैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भने,‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ । उनले रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिए ।

प्रमुख शाक्यले रेडियो कार्यक्रम शुभारम्भपछि शिक्षा बिभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । ‘पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रकाका संस्थागत र सामुदायिक बिद्यालयकाबीचमा अन्तर नहोस्,’ उनले भने, ‘कोभिड–१९ को संक्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण बिद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन् । यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला ।’

प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताए ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुख मध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताए।

महानगरपालिका शिक्षा विभागका शाखा अधिकृत मोती प्रसाद भट्टराईले आजबाट सुरु रेडियो शिक्षामार्फत महानगरपालिका भित्र रहेका ९१ वटा सामूदायिक बिद्यालय ३ ओटा विशेष विद्यालय र ६ सय ४३ ओटा संस्थागत विद्यालयलमा अध्ययनरत विद्यार्थी यो शिक्षाबाट प्रत्यक्ष–अप्रत्यक्षरुपमा लाभान्वित हुने बताए ।

‘मेट्रो एफ.एम ९४ बिन्दु ६ मेगाहर्जको पहुँच रहेका छेउछाउका नगरपालिका र जिल्लाका विद्यार्थी पनि यो शिक्षाबाट लाभान्वित हुने अपेक्षा लिएका छौँ,’ उनले भने ।

सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम ९४ बिन्दु ६ मेगाहर्जबाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिए ।

उनका अनुसार रेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ ।

शिक्षा बिभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।

रेडियो शिक्षा कार्यक्रमलाई विस्तार र स्तरउन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ । त्यस्तै कार्यक्रमको मुल्याङ्कन र प्रभावकारिता बिश्लेषणका लागि प्रबधिमा आधारित प्रणाली विकास गरिनेछ ।

अहिलेको कार्यक्रम शैक्षिक सत्र २०७७ को अन्तिम नतिजा समेत प्रकाशन गर्ने लक्ष्यसहित सुरु गरिएको विभागको भनाई छ ।

रेडियो शिक्षा कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षकहरुले गर्नुहुनेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नुहुनेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ ।

जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन माविका प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेललाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  १ : २४ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई