पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज, हालसम्म ६७४ जना संक्रमित निको भए « Khabarhub

पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज, हालसम्म ६७४ जना संक्रमित निको भए


२८ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबारसम्म ६७४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये २ जना महिला र ८८ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेको हो । मन्त्रालयका अनुसार नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन् ।

उनका अनुसार गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७७, बुधबार  ४ : ४६ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका