इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे « Khabarhub

इन्काउन्टरमा मारिए गुण्डा नाइके विकास दुबे


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कानपुरमा प्रहरी इन्काउन्टरमा गुण्डा नाइके विकास दुबेको मृत्यु भएको छ ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई उज्जैनबाट सडकमार्ग हुँदै कानपुर लगिरहेका बेला सवारी दुर्घटना भएको थियो ।

दुर्घटनापछि हतियार खोसेर भाग्ने प्रयास गरेका दुबेको प्रहरी कारबाहीमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार गाडी दुर्घटनामा केही प्रहरी घाइते भएका छन्। दुबेले घाइते प्रहरीको हतियार खोसेर भाग्न खोजेका थिए।

त्यस क्रममा प्रहरीले उनलाई घेरा हालेको थियो । आत्मसमर्पण गर्न आग्रह गरे पनि विकासले फायरिंग सुरु गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले पनि फायरिंग गरेको र गोली लागेर गम्भीर घाइते भएका दुबेको मृत्यु भएको जनाइएको छ ।

कानपुर आठ जना प्रहरीको हत्याका मुख्य अभियुक्त दुबेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको थियो।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ९ : ५५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन