असफलताले सिकाएको पाठ : घाँस उत्पादनदेखि बिक्रीसम्म (फोटो फिचर) « Khabarhub

असफलताले सिकाएको पाठ : घाँस उत्पादनदेखि बिक्रीसम्म (फोटो फिचर)



हर्कपुर (नवलपुर)– पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा १० जना युवाहरु मिलेर व्यावसायिक रुपमा गाईपालन शुरु गरे ।

२०६३ सालमा गाईपालन शुरु गरेपछि दुई वर्ष नबित्दै उनीहरुको साझेदारी अघि बढ्न सकेन । प्रारम्भिक लगानी सबै चौपट । साझेदारीका ८ जना पार्टनर बाहिरिए । तर स्थानीय मानबहादुर थारुले भने हिम्मत हारेनन् । थारुलाई साथ दिए, काठमाडौं बस्दै आएका गोपालप्रसाद दुलालले । थारुको जोस जाँगर, दुलालको साथले गाईपालनसँगै घाँस उत्पादनको काम अघि बढ्न थाल्यो ।

किन सफलता मिलेन त ? मानबहादुर भन्छन्, ‘गोठ निर्माण गरी गाई ल्याएपछि मात्रै हामी पशुआहारको जोहो गर्न लाग्यौं । पहिले नै घाँसको जोहो गर्न नसक्दा असफल भएको निश्कर्षमा पुग्यौं ।’

‘पशुका लागि मुख्य आहार भनेकै घाँस हो । पशुका लागि आवश्यक पर्ने घाँस उत्पादन नगर्दा उनीहरुले व्यवसायबाट घाटा ब्यहोर्नु पर्यो । यसैबाट पाठ सिकेर घाँस उत्पादन गर्न थाल्यौं’, मानबहादुरले भने ।

घाँस उत्पादन शुरु गरेको दुई चार महिनामै राम्रो आम्दानी हुन थालेपछि उनीहरुको हौसला मिल्यो । ‘गाईपालनमा डुबेको लगानी घास ब्यापारले उठायो,’ थारुले भने ।

गोरस घाँस विकास स्रोत केन्द्रका रुपमा विस्तार गरी अघि बढेका छन् । अहिले दैनिक ५५ हजार बढीको घाँस बिक्री गर्दै आएका उनीहरुले वार्षिक ५० लाख भन्दा बढी आम्दानी गरेका छन् ।

१६ विगाहा क्षेत्रफलमा व्यवसायिक रुपमा घाँस खेती गरी बार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्न सफल भएपछि उनीहरुले यो वर्ष थप ४९ विगाहामा घाँस लगाउने तयारी गरेका छन् ।

यो फर्मले बीउ, बेर्नाहरु उत्पादन गरी बिक्री गर्नुका साथै बहुवर्षीय, हिउँदे र वर्षे गरी तीन किसिमका १ सय ४५ जाति घाँसहरु उत्पादन गर्दै आएको थारु बताउँछन् ।

घाँसमा सिचाँइका लागि विजुली आवश्यक छैन । सोलार जडानबाट पानी सिँचाइको ब्यवस्था मिलाएका छन् । फर्ममा घासका बेर्नादेखि तयारी अवस्थाका भुइँ घाँस र डाले घाँस प्रशस्त छ ।

घाँस उत्पादन गर्नका लागि उनीहरुले नेपाल सरकारको कृषि अनुसन्धान केन्द्रका साथै अष्ट्रेलिया, अमेरिका, लगायतका देशहरुबाट बिउहरु आयात गर्ने गरिएको छ । स्थानीय रुपमा थारुले र देश विदेशको मार्केटिङ काठमाडौंमा बस्दै आएका दुलालले गर्ने गरेका छन् ।

पछिल्लो समय बहुवर्षीय घाँस सुपर नेपियरको माग बढी छ । किसानहरुबाट सुपर नेपियरका साथै कोशेबाली घाँसहरुको माग बढी आउने गरेको थारु बताउँछन् ।

व्यावसायिक रुपमा घाँस उत्पादन शुरु गरिएपछि अहिले स्थानीय किसानहरुबाट मात्र नभई काठमाडौं, काभ्रेदेखि तिब्बतबाट पनि हरियो घाँसको माग आएको छ ।

यो फर्ममा अहिले दैनिक १० टनसम्म घाँस मात्रै उत्पादन गर्न सकिने अवस्था रहेकाले मागअनुसारको आपूर्ति गर्न नसकिएको थारुले बताए ।

नवलपरासी पूर्व गैंडाकोट नगरपालिकाको हर्कपुर, मुकुन्दपुर, भेडाबारी तथा देवचुली क्षेत्रमा मात्रै एक सय भन्दा बढीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् ।

पशुपालन गरी दूध उत्पादनको पकेट क्षेत्र मानिँदै आएको यो ठाउँमा व्यवसायिक रुपमा घाँस उत्पादन हुन थालेपछि महंगो मूल्यमा पराल किन्नुपर्ने बाध्यता रहेका किसानहरुलाई ठूलो राहत मिलेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १ : ३२ बजे

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब

राजदूत नियुक्तिका लागि पहिलोपटक आवेदन खुला, यस्ता छन् मापदण्ड

काठमाडौं । सरकारले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत दरखास्त

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई