भरुवा बन्दुकसहित एक पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित एक पक्राउ


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

लागुऔषध सहित तीन पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : १९ बजे

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले