अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सम्झौता « Khabarhub

अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सम्झौता


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नागोर्नो– काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् ।

रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् ।

सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएका छन् ।

यस भूमिलाई आफ्नो दावी गर्दै दुई देशका बीचमा भएको भिडन्तका क्रममा अहिलेसम्म तीस हजारभन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ ।

पछिल्लो समय गत सेप्टेम्बर २७ तारिखदेखि फेरि युद्ध चर्किएको थियो । यस क्षेत्रमा बेला बेलामा शान्त हुने र बेला बेलामा युद्ध चर्किने हुदै आएको छ ।

दुई देशका बीचमा भएको सम्झौता आज मंगलबारदेखि नै कार्यान्वयनमा आएकाले दुई देशवीच युद्ध तत्कालका लागि रोकिएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पशिनियानले सामाजिक सञ्जाल फेसबुकमार्फत लडाई सधैँका लागि अन्त्य गर्न आह्वान गरेका छन् ।

उनले लेखेका छन्, “यो लडाई भइरहँदा आफुलाई व्यक्तिगत रुपमा र आम नागरिकलाई अत्यन्त पिडा भइरहेको छ । त्यसैले यो अव सधैँका लागि अन्त्य गर्नुपर्दछ ।”

अजरबैजान र अर्मिनियाबीच पछिल्लो समयमा छ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो ।

विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मिनियाको जातीय समूहको नियन्त्रणमा छ ।

नयाँ सम्झौताअनुसार युद्धका क्रममा आफ्नो नियन्त्रणमा लिन सफल नगोर्नो काराबाख क्षेत्रको केही स्थान अजरबैजानले नै प्राप्त गर्ने भएको छ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुन अर्मिनियाले सहमति जनाएको छ ।

युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकोप्टर खसालेको पनि स्वीकार गरेको छ । उक्त आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : १२ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई