चीनको एकतर्फी नाकाबन्दीले व्यवसायी मारमा, नाकामै धर्ना बस्ने चेतावनी « Khabarhub

चीनको एकतर्फी नाकाबन्दीले व्यवसायी मारमा, नाकामै धर्ना बस्ने चेतावनी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले दश महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेको र सरकारले समेत पहल नगरेको भन्दै नाका सहज बनाउन सरकारसँग माग समेत गरेका छन् ।

संघका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा नाकामा देखिएका समस्या समाधानका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि समस्या समाधान नभएको बताएका छन् ।

परराष्ट्रमन्त्री, प्रतिपक्षी दलका नेता लगाएतका सबै शिर्ष नेताहरुलाई समस्याका बारेमा जानकारी गराएपछि केरुङ, तातोपानी नाका खुला गरिएको भएपनि अहिले समेत मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ ।’

सीमा नाकामा अत्यधिक भाडा वृद्धि र सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारलाई आग्रह गर्दै समस्या समाधान नभए नाकामै धर्ना बस्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘कुटनीतिक पहलबाट नाका सहज बनाउन सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । यदि यि समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।’

कोरोनाका कारण देखाउँदै चीनले नेपालसँगको सिमानाका बन्द गरेका कारण १० महिनादेखि नेपाली व्यवसायीहरुको सामान चिनिया नाकामै रोकिएको व्यवयासीहरुले बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ५५ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल