मध्यमर्स्याङ्दी जलविद्युत्को मर्मत कार्य आजबाट शुरु « Khabarhub

मध्यमर्स्याङ्दी जलविद्युत्को मर्मत कार्य आजबाट शुरु


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जलविद्युत् आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ ।

मध्यमर्स्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुप्रेर आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य आज बिहानबाट थालिएको हो ।

प्रत्येक वर्ष एउटा युनिटको मर्मत गर्ने क्रममा यस वर्ष केन्द्रको दोस्रो युनिटको मर्मत कार्य शुरु गरिएको केन्द्र प्रमुख शिवकुमार शाहले बताए ।

‘‘नेपाल विद्युत् प्राधिककरणबाट १८ दिनसम्म युनिट बन्द गर्ने अनुमति आएको छ तर सकेसम्म त्योभन्दा छिट्टै मर्मत कार्य गरिसक्नेछौँ’’ केन्द्र प्रमुख शाहले भने ।

केन्द्रको दोस्रो युनिटको पानी बन्द गरी पहिलो युनिटमा पठाएको र सो युनिटबाट पूरै विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार रनर फेर्ने, हेडकभर मर्मत, विद्युत् उपकरणहरुको जाँच तथा आवश्यक मर्मत, गाइडभेन फेर्ने, गाइटबुस फेर्नेलगायतका कार्य हुने भएको छ । तीन दिनसम्म टर्वाइन खोल्ने, टर्वाइनका पुर्जाहरु मात्रै खोल्न समय लाग्ने केन्द्र प्रमुख शाहको भनाइ छ ।

उहाँका अनुसार दैनिक २५/३० जनाले मर्मत कार्य गर्नेछन् । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमस्र्याङ्दीमा जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ । यस आयोजना ३५÷३५ मेगावाटको गरी दुई वटा युनिटबाट ७० मेगावाट विद्युत् उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  २ : ४६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप