काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ « Khabarhub

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राध्यापक डाक्टर मुकुन्दराज जोशीका अनुसार अस्पतालमा असार २५ गते साँझ मृत्यु भएका एक ५४ वर्षका पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

‘हाम्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एकजनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ,’प्राडा जोशीले खबरहबसँग भने, ‘असार १९ गतेदेखि उहाँलाई आइसीयूमा राखेर उपचार गरेका थियौं, २५ गते मृत्यु भयो, रिपोर्ट २६ गते साँझ पोजेटिभ आयो ।’

प्राडा जोशीका अनुसार ती पुरुषको मृत्युपछि असार २६ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । ती पुरुष गोकर्णका स्थानीय हुन् ।

उनी मिर्गौलाका बिरामी समेत थिए । डा जोशीका अनुसार ती बिरामीमा निमोनिया देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उनको अवस्था जटिल भएको र आइसीयूमा राख्नुपर्ने भन्दै टिचिङ अस्पतालले केएमसीमा रिफर गरेको थियो ।

निमोनियाका बिरामी भएकाले असार १९ गते देखि केएमसी अस्पतालले कोभिडका बिरामीको लागि छुट्याइएको आइसीयूमा राखेर उपचार थालेको थियो । बिरामीको असार २५ गते साँझ मृत्यु भएको हो ।

मृतकको शव कोरोना संक्रमितको शव व्यवस्थापन निर्देशिका अनुसार आज बिहान अन्त्येष्टि गरिएको प्राडा जोशीले बताए ।

‘हामीले उहाँलाई पहिला देखि नै कोरोनाको आशंकामा संक्रमितलाई जसरी नै उपचार गरेका थियौं, मृत्यु भएपछि रिपोर्ट नआउँदासम्म संक्रमितको शवलाई व्यवस्थापन गर्ने तरिकाकै आधारमा राखिएको थियो,’ प्राडा जोशीले भने, ‘हिजो बेलुका रिपोर्ट पोजेटिभ आएपछि हामीले सम्बन्धित निकायमा कुरा गर्‍यौं, सेनाले आज बिहान शवलाई स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार व्यवस्थापन गर्‍यो ।’

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ११ : ४३ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि