टेली मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्य संस्थालाई सम्पर्कमा आउन सरकारको आग्रह « Khabarhub

टेली मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्य संस्थालाई सम्पर्कमा आउन सरकारको आग्रह


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा हुने कोरोना संक्रमितलाई टेलि मेडिसिन सेवा दिन इच्छुक स्वास्थ्यसंस्थालाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमणको समयमा होम आइसोलेसनमा रहेका संक्रमितलाई टेलिमेडिसिन सेवाद्धारा स्वास्थ्य सेवा परामर्श सामान्य उपचार, थप आवश्यक सूचना प्रदान गर्न इच्छुक स्वास्थ्यसंस्थालाई सूचीकृत हुन आग्रह गरेको हो ।

सेवा दिन इच्छुक स्वास्थ्यसंस्थाका सेवा प्रदायक स्वास्थ्यकर्मीहरु सम्बन्धित परिषद्हरुमा दर्ता हुनुपर्ने पनि महाशाखाले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा होम आइसोलेसनमा रहने संक्रमितको संख्या पनि बढी छन् । होम आइसोलेसनमै सामान्य लक्षण देखिएका संक्रमितहरु समेत रहेको र स्वास्थ्य परामर्शको अभावमा उनीहरुमा पछि समस्या थपिने गरेको छ ।

यस्तै पछिल्लो समय होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयलले होम आइसोलेसनमा हुने संक्रमितलाई टेलि मेडिसिन सेवा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ४२ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले न स्यारेर कसले स्यार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट