विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी | Khabarhub Khabarhub

विद्रोहीको आक्रमणमा ५१ सिरियाली सैनिक मारिएको टर्कीको दाबी


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– सिरियामा बसर अल असद सत्ताविरुद्ध युद्धरत विद्रोही समूहले सिरियाली सेनाविरुद्ध गरेको कारवाहीमा ५१ सिरियाली सैनिक मारिएको टर्कीले दाबी गरेको छ ।

युद्धक्षेत्रमा रहेको श्रोतलाई उद्धृत गर्दै टर्कीको रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा विद्रोहीको आक्रमणबाट ५१ सिरियाली सैनिक मारिएको दाबी गरिएको छ ।

त्यस्तै, विज्ञप्तिमा विद्रोही फौजले सिरियाली सेनाको हतियार भण्डार र दुई वटा ट्यांक समेत नष्ट पारेको दाबी गरिएको छ ।

टर्किस सेनाको बमबारीको सहयोगमा सिरियाली विद्रोहीले सेनाविरुद्ध इडलिब प्रान्तको नयरब शहरमा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि सिरियाली सेनाले राजधानी दमास्कसलाई मुलुकको दोश्रो ठूलो शहर अलेप्पोसँग जोड्ने राजमार्गलाई सन् २०१२ यता विद्रोही फौजबाट पूर्ण रुपमा नियन्त्रणमा लिइएको सिरियाली सञ्चारमाध्यमले दाबी गरेको थियो ।

सिरियाली सेनाले उक्त राजमार्ग पूर्ण रुपमा नियन्त्रणमा लिएपछि टर्किस सेनाको बमबारीको मद्दतमा सिरियाली विद्रोहीले नयरब शहरमा आक्रमण गरेका थिए । त्यस्तै, विद्रोहीले सिरियाली सेनाको हेलिकोप्टर खसालेको समेत दाबी गरेका थिए ।

गत डिसेम्बर महिनामा सिरियाली सेनाले इडलिब–अलेप्पो क्षेत्रमा थालेको कारवाहीयता हजारौं वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ३० बजे

संसद्‍मा प्रदीप पौडेलले भने : राष्ट्रिय अनुसन्धानलाई प्रधानमन्त्रीमातहत राख्न मिल्दैन

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको

तनावमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु, दोस्रो बिहे पनि एक वर्षमै संकटमा

काठमाडौं- चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्, ‘सोचेझैँ

ओरालो लाग्यो नेप्से, १९८ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको

कालिका मन्दिरबाट एक महिनामा १८ लाख संकलन

गलकोट– नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा

यस्तो बन्यो सुरुङ मार्गमा जोडिने बलम्बुको ‘फ्लाइओभर’ (तस्बिरहरू)

काठमाडौं- संघीय राजधानी सहर काठमाडौंलाई जोड्ने बलम्बु-सिस्नेखोला सुरूङमार्गमा ‘फ्लाइओभर’को काम धमाधम