कोरोनाबाट बितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु « Khabarhub

कोरोनाबाट बितेको २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैको मृत्यु


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारी यतिबेला सारा विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ४ लाख २३ हजार ८४६ जनाको मृत्यु भईसकेको छ भने ७५ लाख ९७ हजार ४२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३८ लाख ४१ हजार ९४३ जना स्वास्थ्यपचार पछि निको भएका छन् भने ५३ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार मात्रै ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने ३९४ जनाको मृत्यु भएको छ । यो संख्या भारतमा एकैदिन मृत्यु भएकाको अहिसम्मकै धेरै संख्या हो ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ११ : १४ बजे

वसन्ती छठ पर्वको निराहार व्रत आज

महोत्तरी – मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक

हटिया–ताराखोला सडक : म्याद सकियो, कालोपत्रे सकिएन

गलकोट – निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले

मधुमेह र यसको उपचार 

काठमाडौँ – मानव शरीरमा हुने रासायनिक प्रतिक्रियाका कारण रगतमा चिनीको

साउदीमा करिब १७ हजार अवैध आप्रवासी पक्राउ 

दोहा – साउदीले गैर कानुनी कामदारमाथि धड्पकड तीव्र पारेसँगै थप

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि 

काठमाडौँ – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त