उइगरमाथिको दमन नरोकिएपछि चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता « Khabarhub

उइगरमाथिको दमन नरोकिएपछि चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले सिन्जियाङ प्रान्तमा रहेका मुसलमान समुदायका अल्पसंख्यक उइगरहरुमाथि गरेको दमन र नरसंहारविरूद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता भएको छ ।

दी न्यूयोर्क टाइम्सका अनुसार लन्डनमा रहेर वकालत गरिरहेका दुई उइगर अभियानकर्मी समूहले चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

उनीहरुले दर्ता गरेको मुद्दामा अवैधरुपमा चीनले नियन्त्रणमा राखेका हजारौं उइगरहरुलाई रिहा गराउनुपर्ने माग राखिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मानवता रक्षाका लागि हालिएको पहिलो मुद्दा रहेकोसमेत जनाइएको छ ।

मुद्दा दर्ता गराउनेमा इस्ट तुर्किस्तान गर्भरमेन्ट इन एक्जाइल (ईटीजीई) र द इस्ट तुर्किस्तान नेशनल अवेकनिङ मुभ्मेन्ट (ईटीएनएएम) रहेका छन् ।

चीनले लामो समयदेखि सिन्जियाङमा रहेका उइगरहरुलाई दमन गर्ने, आतंकवाद फैलाएको आरोपमा कारबाही गर्ने, महिलाहरुलाई बच्चा नजन्माउन दबाब दिने र अस्थायी गर्भनिरोधक सामग्रीको प्रयोगका लागि दबाब दिदै हजारौंलाई नियन्त्रणमा लिदै आएको थियो ।

बीबीसीले सन् २०१९ मा गरेको एक अध्ययनले चीनका उइगर बालबालिकालाई मुस्लिम बन्‍न नसकुन भनेर अभिभावक र परिवारबाट अलग गराउने अभियानसमेत चालेको खुलासा भएको थियो ।

दुईभन्दा कम बच्चा भएका महिलाहरुलाई अस्थायी साधन तथा गर्भ निरोधक प्रयोग गर्न लगाउने र गर्भपतन गराउनेसम्मका गतिविधिहरु गरिरहेको जनाइएको छ । पछिल्लो समय सिन्जियाङको जन्मदर ८४ प्रतिशतले घटेको जनाइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अधिकारवादी समूहले पनि चीनमा उइगर अल्पसंख्यक मानिसहरु दमनमा परेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।

चीनले उइगर मुसलमानको अस्तित्व मेटाउन उनीहरुलाई धर्म त्याग गर्न लगाएको तथा उनीहरुलाई नियन्त्रणमा लिएर राखेको आरोप लागिरहँदा अमेरिकाले उच्च चिनियाँ राजनीतिज्ञलाई प्रतिबन्ध लगाइसकेको छ भने ‘उइगर ह्युमन राइट्स पोलिसी एक्ट २०२०’ कानून संसदबाट पारित गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ४४ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध