नबिल बैंक ३६ औँ वर्षमा, शुरु गर्‍यो- ‘नबिल डिजी बैंक’ « Khabarhub

नबिल बैंक ३६ औँ वर्षमा, शुरु गर्‍यो- ‘नबिल डिजी बैंक’


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको छ।

बैंक स्थापना भएको दिनको अवसरका रूपमा प्रयोग गर्दै बैंकले आइतबार ‘नबिल डिजी बैंक’ योजना शुरु गरेको हो।

भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘नबिल डिजी बैंक बैंकभित्रको अर्को बैंक हुनेछ । बैंकिङको भविष्य डिजिटल होइन, वर्तमान हो। त्यही भएर हामी डिजिटलमा जान थालेका छौं।’

उनले ३६ वर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको बताए । अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने बताए ।

बैंकिङ क्षेत्रको पायोनियर नबिललाई अझै १५ वर्ष पायोनिर बैंकमै जोगाइराख्न डिजी बैंकको स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

उनले भने, ‘आजसम्म जेजे गर्यौ त्यसले नै पायोनियर भूमिका खेलेको छ । अझै १०/१५ वर्षसम्म पनि पायोनिर रोल खेल्नुछ । यसैले डिजी बैंकलाई स्थापित गर्नुछ ।’

शाहले नबिल डिजि बैंक नबिल बैंकको ग्राहक सेवामा समर्पित प्रतिबद्धताको उदाहरण भएको बताए । जसले अबका दिनहरुमा सूचना प्रविधिमा आधारित रणनीतिबाट बैंकको रुपान्तरण गर्दै डिजिटल सेवाहरु मर्फत अनुपम ग्राहक अनुभवहरु सिर्जना गर्दै जाने लक्ष्य राखेको जानकारी गराए ।

रुपान्तरणको प्रकृयामा बैंकले बैकिङ्ग क्षेत्रमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको भारतको आइ.सी.आइ.सी.आइ बैंक तथा सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था हुवावे टेक्नोलोजीसँग रणनैतिक साझेदारी आरम्भ गरिसकेको बताए ।

सीइओ शाहले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीको नेतृत्वमा गठित नबिल डिजि बैंक नबिल बैंकको स्थाई संरचना इकाइ रहेको र बैंकको प्रविधिमा आधारित रुपान्तरणको प्रकृयाको अपरिहार्य प्रस्थान विन्दु भएको प्रष्ट पारे ।

साथै यसले नेपालको आर्थिक सेवा क्षेत्रमा प्रविधिमा आधारित क्रान्तिमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मोबाइल तथा इन्टरनेट बैंकिङ जस्ता सेवाहरुले लाखौं ग्राहकवर्गलाई केही सुविधा दिइरहेको परिप्रेक्ष्यमा नबिल डिजि बैंकले ग्राहकवर्गलाई उत्कृष्ठ सेवा अनुभव प्रदान गर्न अब उपरान्त डिजिटल रणनीति तथा कायक्रमहरु मार्फत पारस्परिक बैंकिङ्ग पद्दत्तिलाई चुनौति दिँदै ग्राहकवर्ग, फिन्टेकलगायत अन्य पक्षसँगको सहकार्यमा आर्थिक इकोसिस्टममा आधारित बैंकिङ्ग तथा आर्थिक सेवाको प्रयोग गर्ने अठोट व्यक्त गरे ।

नबिल डिजी बैंक प्रमुख बिनय कुमार रेग्मीले बाँकी रहेको ३५ प्रतिशताई बकैंको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै हुवावे टेक्नलजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ शुगेनले नबिल बैंकलाई ३६ वर्षको गौरवमय इतिहास रच्न सफल भएकोमा बधाई तथा शुभकामना व्याक्त गरे ।

कार्यक्रमा बोल्दै मिस नेपाल तथा सामाजिक अभियन्ता, श्रृंखला खतिवडाले २१ औं शताब्दीका ग्राहकवर्गको इच्छाहरुलाई पहिल्याउँदै त्यसलाई आफ्ना सेवाहरु मार्फत ठोस कदम चाल्न सुरुवात गरेकोमा नबिल बैंकलाई शुभकामना दिइन् ।

त्यसैगरि परिचित युवा कलाकार अनमोल केसीले बैंकिङ्ग सेवाहरुलाई प्रविधि मैत्री युवालाई लक्षित गर्दै अन्यलाई पनि डिजिटल सेवा उपयोग गर्न सिकाउँदै लैजानु आजको आवश्यकता भएको धारण व्यक्त गरे ।

 

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ५ : ३५ बजे

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको

आईपीएल क्वालिफायर–१ : बेङ्गलुरुले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–१ अन्तर्गत आज भइरहेको

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्