कोरोना भाइरस प्रभाव: राष्ट्रिय फुटबल टोलीको अभ्यास पनि स्थगित « Khabarhub

कोरोना भाइरस प्रभाव: राष्ट्रिय फुटबल टोलीको अभ्यास पनि स्थगित


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेस (एएफसी)ले अक्टोबरमा हुने तय भएको खेल स्थगित गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि अभ्यास तत्कालका लागि रोक्ने भएको छ ।

फिफा र एएफसीले बुधबारमात्रै विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गतका खेल सारेर २०२१ मा गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय आएसँगै एन्फाले पनि भदौ १ बाट सुरु गर्ने भनेको राष्ट्रिय टोलीको अभ्यास रोकेको बताएको छ ।

एन्फाले साउन १७ गतेदेखि खेलाडीलाई अभ्यासका लागि बोलाएर क्वारेटाइनमा राखेको थियो । राजधानीबाहिरबाट आएका खेलाडीलाई त्रिपरेश्वरस्थित होटलमा क्वारेन्टाइनका रुपमा राखेको एन्फाले अब अभ्यास रोकिएसँगै खेलाडी घर फर्किनेछन् ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फिफा र एएफसीले अर्को मिति तय नगरेसम्मका लागि अभ्यास पनि रोकिएको बताएका छन् ।

फिफा विश्वकप छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छन्। जुन अक्टोबर ८ देखि दशरथ रंगशालामा हुने तय भएका थिए । चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्न बाँकी छ ।

एन्फाले सोमबार र मंगलबार ३४ खेलाडीसहित ५४ जनाको कोरोना परिक्षण गराएको थियो । योसँगै अब खेलाडी लामो समय मैदानबाहिर रहने पक्का भएको छ ।

छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले पाँच खेल खेलिसकेको छ । जसमध्ये चार खेलमा हार र एक खेलमा जित निकालेका थियो । छनोटका बाँकी तीन खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ४ : ०१ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्