नेपाल–चीन सीमा विषयको सत्यतथ्य सार्वजनिक गरियोस्– भीम रावल « Khabarhub

नेपाल–चीन सीमा विषयको सत्यतथ्य सार्वजनिक गरियोस्– भीम रावल


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले नेपाल–चीन सीमाका विषयमा सत्य तथ्य अध्यनन गरी सार्वजनिक गर्न सरकारसँग अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै नेता रावलले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठेकाले वस्तुगत रुपमा टुंगो लगाउन पनि उनले जोड दिएका छन् ।

उनले भनेका छन्, ‘हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’

नेतृत्वको ध्यानाकर्षण
नेता रावलले अर्को ट्वीट गर्दै सत्तारुढ नेकपाको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘ नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : २६ बजे

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

नेपालगन्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको