नेपाल–चीन सीमा विषयको सत्यतथ्य सार्वजनिक गरियोस्– भीम रावल « Khabarhub

नेपाल–चीन सीमा विषयको सत्यतथ्य सार्वजनिक गरियोस्– भीम रावल


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले नेपाल–चीन सीमाका विषयमा सत्य तथ्य अध्यनन गरी सार्वजनिक गर्न सरकारसँग अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राख्दै नेता रावलले देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठेकाले वस्तुगत रुपमा टुंगो लगाउन पनि उनले जोड दिएका छन् ।

उनले भनेका छन्, ‘हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाइयोस् ।’

नेतृत्वको ध्यानाकर्षण
नेता रावलले अर्को ट्वीट गर्दै सत्तारुढ नेकपाको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘ नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ३ : २६ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा