सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता गौचनको बुधबार काठमाडौँमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्‍याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।

सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।

स्व गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

स्व गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : १३ बजे

धनुषा र सिरहामा बिहान १० बजेसम्म कर्फ्यु खुकुलो

जनकपुरधाम– धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल