विपद न्यूनीकरण गर्न सरकारले नीति बनाएर काम गर्दैछ : प्रधानमन्त्री « Khabarhub

विपद न्यूनीकरण गर्न सरकारले नीति बनाएर काम गर्दैछ : प्रधानमन्त्री


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् ।

विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चद्वारा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सुरक्षित र सभ्य मानवजाति, सुरक्षित विश्व, बस्नलायक, न्यायपूर्ण र समृद्ध धर्ती तथा सुखी मानवजातिका लागि काम गरिने बताए ।

प्राकृतिक विपत्तिको सामना गर्ने काममा लाग्न सम्पूर्ण तह र तप्कालाई आग्रह गर्दै उनले विपद् जोखिम न्यूनीकरण र सामना गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ संस्थासँग मिलेर काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरण गर्न सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिए ।

उक्त दिवसको यस वर्षको मूल नारा ‘विपद् जोखिम न्यूनीकरणमैत्री सुशासन, सुरक्षित भविष्यका लागि हाम्रो अभियान’ रहेको थियो । विपद् जोखिमका हिसाबले नेपाल उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  २ : ३८ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल