डीडीसीको बालाजु प्रशोधन केन्द्रमा म्याद नाघेका बटर बरामद « Khabarhub

डीडीसीको बालाजु प्रशोधन केन्द्रमा म्याद नाघेका बटर बरामद


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा म्याद नाघेका बटर ठूलो परिमाणमा फेला परेको छ ।

गुनासोको आधारमा काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा डीडीसीको बालाजु प्रशोधन केन्द्रमा म्याद नाघेको बटर फेला परेको हो ।

डीडीसीको चार वटा स्टोर अनुगमनका क्रममा म्याद नाघेको बटर भेटिएको महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

डीडीसीको स्टोरमा २०१९ नोभेम्बर, २०१९ डिसेम्बर, २०२० जनवरी र २०२० फेब्रुअरी गरी ४ लटका १ लाख ९४ हजार ९७५ किलोग्राम म्याद नाघेको बटर फेला परेको हो ।

भण्डारीका अनुसार ती बटरमा प्रयोगको ‘म्याद ८ महिना’ का लागि उपयुक्त भनेर लेखिएको छ । “यो परिमाणको बटर स्टक रहेको देखियो । कति खपत भयो त्यो हेरेका छैनौं” उनले भने ।

बटरको उपभोग्य म्याद नाघेको न्यूनतम पनि २ महिना बितिसकेको छ । डीडीसीले यो बटर प्रयोग नगरेको भनेको उनले बताए ।

“उहाँहरुले यसको प्रयोग गरेका छैनौं भनेर सानो कुरा गर्नुभएको छ । उहाँहरुले पनि हेर्दैछौं भन्नुभएको छ । आज डिजीसँग भेट्न पाइएन । भोलि भेटेर कुरा गर्छौं,” उनले भने ।

अनुगमनमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भने ‘खाद्य पदार्थको व्यवस्थापनमा काम गर्ने सरकारी निकाय उदाहरणीय नहुञ्जेल बजारमा हस्तक्षेपकारी काम गर्न कठिन छ ।’

महानगरको उपभोक्ता हित संरक्षण समितिले बजारमा खाद्य तथा दैनिक उपभोथ्य बस्तुको नियमित अनुगमन गरिरहेको छ ।

यो समितिको संयोजक उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ रहेकि छिन् भने अनुगमनको नेतृत्व कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले गरिरहेका छन् । अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, महानगरको पशु सेवा विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी भएका थिए ।

टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ । अनुगमन टोलीले घिउ उत्पादन हुने कक्षको पूर्वाधार सुधार गर्न र सरसफाइ गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : ३२ बजे

सुकुम्बासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने

इरानका विदेशमन्त्री बेइजिङ पुगे, मुख्य एजेन्डा : युद्धविराम र होर्मुज जलक्षेत्र

बेइजिङ- इरानका विदेशमन्त्री अब्बास अराघची चीनको राजधानी बेइजिङ पुगेका छन्