चलचित्र क्षेत्रलाई निराश नहुन मन्त्री गुरुङको आग्रह « Khabarhub

चलचित्र क्षेत्रलाई निराश नहुन मन्त्री गुरुङको आग्रह


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गरेका छन् ।

सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् ।

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा उनले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’

मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्दै यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुबीच छलफल गराउने सोच अघि बढाइएको पनि बताए ।

उनले सरकारले साना तथा मझौंला उद्यमीहरु लगानीको अभावमा झनै मारमा परेको उल्लेख गर्दै उनीहरुलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिए ।

मन्त्री गुरुङले राष्ट्र र राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र सवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।

हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने मन्त्री गुरुङको भनाइ थियो । उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताए ।

बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल संचालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : १९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा