अर्थमन्त्री र आईएमएफका पदाधिकारीबीच छलफल « Khabarhub

अर्थमन्त्री र आईएमएफका पदाधिकारीबीच छलफल


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)का पदाधिकारीबीच ‘विस्तारित कर्जा सुविधा’ कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज छलफल भएको छ ।

श्रव्य दृश्यका माध्यमबाट भएको छलफलमा अर्थमन्त्रीले प्रस्तावित कर्जा सुविधा कार्यक्रमको तयारीका लागि नेपाल र आईएमएफका पदाधिकारीबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुशी व्यक्त गरे ।

उनले कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा स्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्चमा आईएमएफले द्रुत कर्जा सुविधामार्फत नेपाललाई गरेको सहयोग र आपद नियन्त्रण तथा कोषअन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा आभार प्रकट गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री र आईएमएफका पदाधिकारीबीच कोभिड–१९ ले बढी प्रभाव पारेका क्षेत्र र सोलगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तीव्र बनाउनेलगायत विषयमा छलफल भएको थियो । सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचारलगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने धारणा राखे ।

आईएमएफको सक्रियता तथा नेतृत्वमा जी–२० का सदस्य मुलुकबाट प्राप्त भएको ऋणको सावा तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिँदै न्यून आय भएका मुलुकलाई थप कुनै अतिरिक्त भारवेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

छलफलमा आईएमएफका पदाधिकारीले कर्जा कार्यक्रमको तयारीको पछिल्लो प्रगतिबारे जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा आईएमएफको निरन्तर सहयोग हुने विश्वास दिलाए । यस्तै आर्थिक पुनरुत्थानको लागि आईएमएफले नेपालसँग थप सहकार्य गर्दै जानेसमेत बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ९ : ३७ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी