अमेरिकी उच्च अधिकारीमाथि चीनले लगायो प्रतिबन्ध « Khabarhub

अमेरिकी उच्च अधिकारीमाथि चीनले लगायो प्रतिबन्ध


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीका केही उच्च नेतालाई अमेरिकाले प्रतिबन्ध लगाएको एक साता नबित्दै चीनले पनि अमेरिकी उच्च अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले अमेरिकी विधायक टेड क्रुज, मार्को रुबियो, इन्टरनेश्नल रिलिजियस फ्रिडमका लागि अमेरिकी प्रतिनिधि स्यामुल ब्राउनब्याकसहितका केही अधिकारीहरुलाई चीनले प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हक नभएकोसमेत प्रतिक्रिया दिएकी छन् ।

अमेरिकाले कोरोना महामारीका अलवा, चीनमा अल्पसंख्यक उइगर मुस्लिम समुदायमाथि भइरहेको दमन तथा तिब्बत र हङकङको विषयमा हस्तक्षेप गर्न खोजेको भन्दै चीनले आन्तरिक मामिलामा चासो नराख्न चेतावनी पनि दिदै आएको छ ।

गत शुक्रबार अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ०७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित