मेड्लिन स्वीगल बनिन् अमेरिकी सेनामा पहिलो अश्वेत पाइलट « Khabarhub

मेड्लिन स्वीगल बनिन् अमेरिकी सेनामा पहिलो अश्वेत पाइलट


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा विगत केही साता यता श्वेत र अश्वेतबीच मनमुटाव सुरु भएको बेला अमेरिकी सेनामा एक अफ्रिकी मूलकी लेफ्टिनेन्ट मेड्लिन स्वीगल पहिलो अश्वेत महिला पाइलट बनेर इतिहास रचेकी छिन्।अमेरिकी सेनाको तर्फबाट नेवल एयर ट्रेनिङ कमान्डद्वारा गरिएको एक ट्वीटमा मेडलिन बारेको यो खबर राखिएको हो ।

ट्वीटमा लेखिएको छ, ‘ट्रेनिङ पूरा गरेपछि टेक्निकल एयरक्राफ्ट (टेकएयर) उडाउने उनी पहिलो अश्वेत महिला पाइलट बनेकी हुन्।यो भन्दा पहिले अमेरिकी नेभीले पनि यसबारे ट्वीट गरेको थियो।नेवल एयर ट्रेनिङ कमान्डले पनि ट्वीटमा फ्लाइङ अफिसर मेडलिनले ‘विंग्स अफ गोल्ड’ हासिल गरेको उल्लेख छ।अमेरिकी नौसेनाको एयरविंग्समा यो सम्मान पाउने उनी पहिलो अश्वेत महिला हुन्।

उनलाई ३१ जुलाइमा एक समारोहकाबीचमा उक्त ब्याज दिने कार्यक्रम रहेको छ।भर्जिनियाको बुर्केमा बस्दै आएकी मेडलिनले सन् २०१७ मा यूएस नेवल एकेडेमीबाट स्नातक गरेकी थिइन्।अधिकारीहरूका अनुसार उनलाई ‘ट्रेनिङ स्क्वाड्रन २१’ को जिम्मेवारी दिइएको छ।गत महिना अमेरिकी नौसेनाले रंगभेद र नश्लवादको समस्याको समाधान हुनुपर्ने संकेत गरेको थियो।

यी समुदायसँग जोडिएका मानिससँग काम गर्न सजिलो होस् र सेनामा यिनीहरूलाई पनि बराबरी मौका मिलोस् भन्ने उनीहरूको चाहना थियो।सेनामा मात्र ७६५ महिला पाइलट रोजमेरी मेरिनर सन् १९७४ मा एक टेक्निलक फाइटर जेट उडाउने पहिलो महिला बनेकी थिइन्।अहिले ४६ वर्ष पछि स्वीगलले नयाँ इतिहास रचेकी छन्।मिलिट्री डटकमकाअनुसार फाइटर यूनिटमा अश्वेत पाइलट कम छन्।पेंसकोला न्यूज जर्नलमा उल्लेख भएअनुसार सन् २०१८ सम्ममा नौसेनामा ७६५ जना महिला पाइलट थिए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : ५५ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको