मेड्लिन स्वीगल बनिन् अमेरिकी सेनामा पहिलो अश्वेत पाइलट « Khabarhub

मेड्लिन स्वीगल बनिन् अमेरिकी सेनामा पहिलो अश्वेत पाइलट


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा विगत केही साता यता श्वेत र अश्वेतबीच मनमुटाव सुरु भएको बेला अमेरिकी सेनामा एक अफ्रिकी मूलकी लेफ्टिनेन्ट मेड्लिन स्वीगल पहिलो अश्वेत महिला पाइलट बनेर इतिहास रचेकी छिन्।अमेरिकी सेनाको तर्फबाट नेवल एयर ट्रेनिङ कमान्डद्वारा गरिएको एक ट्वीटमा मेडलिन बारेको यो खबर राखिएको हो ।

ट्वीटमा लेखिएको छ, ‘ट्रेनिङ पूरा गरेपछि टेक्निकल एयरक्राफ्ट (टेकएयर) उडाउने उनी पहिलो अश्वेत महिला पाइलट बनेकी हुन्।यो भन्दा पहिले अमेरिकी नेभीले पनि यसबारे ट्वीट गरेको थियो।नेवल एयर ट्रेनिङ कमान्डले पनि ट्वीटमा फ्लाइङ अफिसर मेडलिनले ‘विंग्स अफ गोल्ड’ हासिल गरेको उल्लेख छ।अमेरिकी नौसेनाको एयरविंग्समा यो सम्मान पाउने उनी पहिलो अश्वेत महिला हुन्।

उनलाई ३१ जुलाइमा एक समारोहकाबीचमा उक्त ब्याज दिने कार्यक्रम रहेको छ।भर्जिनियाको बुर्केमा बस्दै आएकी मेडलिनले सन् २०१७ मा यूएस नेवल एकेडेमीबाट स्नातक गरेकी थिइन्।अधिकारीहरूका अनुसार उनलाई ‘ट्रेनिङ स्क्वाड्रन २१’ को जिम्मेवारी दिइएको छ।गत महिना अमेरिकी नौसेनाले रंगभेद र नश्लवादको समस्याको समाधान हुनुपर्ने संकेत गरेको थियो।

यी समुदायसँग जोडिएका मानिससँग काम गर्न सजिलो होस् र सेनामा यिनीहरूलाई पनि बराबरी मौका मिलोस् भन्ने उनीहरूको चाहना थियो।सेनामा मात्र ७६५ महिला पाइलट रोजमेरी मेरिनर सन् १९७४ मा एक टेक्निलक फाइटर जेट उडाउने पहिलो महिला बनेकी थिइन्।अहिले ४६ वर्ष पछि स्वीगलले नयाँ इतिहास रचेकी छन्।मिलिट्री डटकमकाअनुसार फाइटर यूनिटमा अश्वेत पाइलट कम छन्।पेंसकोला न्यूज जर्नलमा उल्लेख भएअनुसार सन् २०१८ सम्ममा नौसेनामा ७६५ जना महिला पाइलट थिए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १२ : ५५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,