हुम्लामा विज्ञ टोली पठाउन कांग्रेस वरिष्ठ नेता पौडेलको माग « Khabarhub

हुम्लामा विज्ञ टोली पठाउन कांग्रेस वरिष्ठ नेता पौडेलको माग


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चीनले मिचेको भनिएको हुम्लास्थित नेपाली भूमिको अध्ययनका लागि विज्ञ टोली पठाउन माग गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा बुधबार बिहान ट्वीट गर्दै पौडेलले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिक्रिया दिएको भन्दै सरकारले जनतासमक्ष माफी माग्नु पर्ने समेत बताएका छन् ।

प्रदेश सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन  गर्नु पर्ने उनको माग छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरिसकेको हो ।

पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको शाहीले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : १२ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण