पार्वत गुरुङ बने सञ्‍चार मन्त्री « Khabarhub

पार्वत गुरुङ बने सञ्‍चार मन्त्री


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् ।

यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : २८ बजे

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार– सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

उता खरिपाटीमा सुकुम्वासी फकाउन आधा दर्जन मन्त्री, यता बूढानीलकण्ठको दैलोमा बालेन

काठमाडौं- सुकुम्वासी र निम्न वर्गका जनतामाथि राज्यबाटै थिचिमिचो गरेर विचल्ली

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत– कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण

सुकुम्वासी बालबालिकाको वर्तमान र भविष्य दुवै बर्बादीतिर

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा