शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा भर्त्सना | Khabarhub Khabarhub

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा भर्त्सना


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्लाहीमा बुधबार भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेपाली कांग्रेसले भर्त्सना गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–७ का महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरेर घटनाको घोर निन्दा र भर्त्सना गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाइ एवं अन्य ३ महिला समेत घाइते भएका छन् ।’

प्रहरीले संघीय संसदका सदस्यद्वय नागेन्द्रकुमार राय र डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहमाथि दुर्वयवहार गरेको कांग्रेसको आरोप छ ।

पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाइ गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ३० बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा