हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको ट्रम्पको घोषणा « Khabarhub

हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको ट्रम्पको घोषणा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् ।

हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

चीनविरूद्ध लिएका कडा नीतिअन्तरगत ट्रम्पले पछिल्लो कदम चालेको बीबीसीले जनाएको छ । वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने पनिप बताए।

‘हङकङलाई अब मुख्यभूमि चीनझैँ व्यवहार गरिनेछ,’ ह्वाइटहाउसमा पत्रकारसमक्ष उनले भने, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।’

ट्रम्पले हङकङमा मानव अधिकार हनन् गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमासमेत हस्ताक्षर गरेको जानकारी दिए ।

यसै महिनाको सुरूमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो। हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै