हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको ट्रम्पको घोषणा « Khabarhub

हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको ट्रम्पको घोषणा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् ।

हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा एउटा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

चीनविरूद्ध लिएका कडा नीतिअन्तरगत ट्रम्पले पछिल्लो कदम चालेको बीबीसीले जनाएको छ । वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने पनिप बताए।

‘हङकङलाई अब मुख्यभूमि चीनझैँ व्यवहार गरिनेछ,’ ह्वाइटहाउसमा पत्रकारसमक्ष उनले भने, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।’

ट्रम्पले हङकङमा मानव अधिकार हनन् गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमासमेत हस्ताक्षर गरेको जानकारी दिए ।

यसै महिनाको सुरूमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो। हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ४१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित